सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।