हेटौंडा, २० मंसिर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बिहिवार साँझ हेटौंडा अस्पतालको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात् मुख्यमन्त्री पौडेलले अस्पतालको सेवामा धेरै सुधार भएको भन्दै खुशी व्यक्त गर्नुभयो । अस्पतालको इमर्जेन्सी वार्ड, प्रसुती वार्ड, ल्याब, एक्स रे वार्डलगायत अस्पतालको भित्रको अवस्था अवलोकन गर्नु भएको थियो ।

त्यसै गरि अस्पतालमा प्रयोगात्मक कक्षाका लागि आएका नर्सिङका बिध्यार्थीसङग अस्पतालका बिषयमा जानकरी लिनु भएको थियो । बिद्यार्थीहरुले काठामान्दौका विभिन्न अस्पतालमा काम गरेको बताउँदै उनिहरुले हेटौंडा अस्पतालको सेवा सुबिधा राम्रो रहेको जानकारी दिएका थिए । यसैगरी मुख्य मन्त्री पौडेलले निर्माण भइरहेको भवनको अवलोकन समेत गर्नु भयो ।

दिनको समयमा भन्दा रातको समयमा काम हुँदा अवरोध कम हुने भन्दै रात्री कालिन कामको सुरुवात भएकोमा खुशी व्यक्त गर्नु भयो । अहिले अस्पतालको भवन निर्माण तीब्र गतिमा भैरहेको छ । प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठानका रुपमा बिकाश गर्ने गरि प्रक्रिया पनि अगाडि लगिरहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।