हेटौँडा,मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ ।बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्डको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

Voting for the 2018 Miss World Final is NOW open! Vote for your favourite contestant via the Miss World Website, Model Power Live, and MobStar. Voting will close during the live telecast.

Posted by Miss World on Thursday, December 6, 2018

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।

भोटिङ लाइभ टेलिकास्टमा बन्द गरिने बताइएको छ ।माल्भिका सुब्बाले इन्स्टाग्राममा मिस वर्ल्डले यसपाली नयाँ फर्मेट अपनाएको हुनसक्ने बताउँदै नेपालका लागि भोट गरिरहन अपिल गरेकी छिन् ।

साथै श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

IMPORTANT:Guys keep voting for Nepal till the finale night! I have important news to share!! Will update soon!! Let's do this together for NEPAL 🇳🇵🇳🇵

Posted by Shrinkhala Khatiwada on Thursday, December 6, 2018

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।