हेटौँडा,२१ मंसिर ।
नारायणी कलेज तथा तुलसीमेहर उच्च माविका सञ्चालक तथा समाजसेवी पुरुषोत्तम खनालले आज ५० हजार हस्तान्तरण गरेका छन् । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि खनालले मिस नेपाल श्रृङ्खलाले निर्माण गरेको स्वास्थ्य चौकिलाईस्वास्थ्य चौकिलाई थप ब्यवस्थापनको लागि ५० हजार दिएका हुन् ।

खनालले खतिवडाकी प्रतिनिधिको रुपमा रुपा बिडारीलाई ५० हजार नगद हस्तान्तरण गरेका हुन् । पश्चिम मकवानपुरको निकै विकट मानिएको कैलाश गाउँपालिका वडा नंबर ५ मा रहेको चेपाङ गाउँमा निर्माण भएको स्वास्थ्य चौकिलाई थप सहयोगको लागि खनालले फेरि पनि सहयोग जारी राख्ने बताए ।

मिस नेपालले नेपाललाई विश्वसामु चिनाउनको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकिलाई सहयोग गर्न पाउनु गौरबको विषय रहेको बताए ।
वर्ष २०१८ को मिस वल्ड (नेपाल) लाई एक लाख रुपैँया तथा कदरपत्र सहित सम्मान गरिने पनि उनले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।