हेटौँडा,जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८ थान हराएका मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।

प्रहरीले प्रबिधिको प्रयोग गरी बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाईल हराएको र चोरी भएको भनि दिएका निवेदनको सम्बन्धमा उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजतलास गरेर मोवाइल फेला पारेको जनाएको छ ।

प्रहरीले आज शुक्रबार कार्यालयमा बोलाएर सम्बन्धित धनीलाइ मोवाईल फिर्ता गराएको हो । जसमा ७ बटा मोवाईलको सम्बन्धमा चोरी गर्ने मानिस सहित थप अनुसन्धान भईरहेको छ । गत बैसाखदेखी हालसम्म फेला परेका मोवाईलको संख्या १५० थान पुगेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।