हेटौँडा,मकवानपुरका सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको छ ।

मनहरी र राक्सीराङ्ग गाउँपालिकासँगको समन्वय तथा कोर ईन्टरनेशनल क्यानडाको सहयोगमा हिमालयन मानवअधिकारकर्मी समूह (हिमराइट्स) मकवानपुरले कपडा वितरण गरेको हो ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत मनहरीको प्रजा आधारभुत विद्यालय र राक्सीराङ्गको प्रजाजागृति बिद्यालयका ९–९ जना चेपाङ्ग बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।मनहरीमा आयोजित कपडा वितरण कार्यक्रम मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टज्युको प्रमुख आतिथ्य तथा विद्यालया अध्यक्ष राजुप्रसाद खनालको अध्यक्षतामा भएको थियो । त्यस्तै, राक्सीराङ्गमा आयोजित कपडा वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य तथा विद्यालयका अध्यक्ष जयकान्त प्रजाको अध्यक्षतामा भएको थियो ।

यसैगरी, जाडो महिनालाई मध्यनजर गरि सरिखेतको सुर्योदय माध्यमिक विद्यालय र मनहरीको सगरमाथा आधारभुत विद्यालयमा पनि न्यानो कपडा वितरण गरिने हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताईन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।