२१ मंसिर । भुतपूर्व गोर्खा सैनिकहरुले आफुहरु नेपाली नै भएकाले आफुहरुको पनि राजनीतिक अधिकारको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् ।  प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा गोर्खा भुतपुर्व सैनीक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफुहरु कामका लागि मात्रै बेलायत बसेको भन्दै नेपाली नागरिकको हैसियतले राजनीतिक अधिकारको प्रत्याभुति गरिनुपर्ने बताए ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेका बेला गोर्खा सैनिकहरुले आफुहरुलाई सामाजिक, धार्मिक लगायत राजनीतिक अधिकारबाट बञ्चित गर्न नमिल्ने धारणा राखेका हुन् ।

बेलायतमा कामका लागि मात्रै बसेको भन्दै उनीहरुले काम गर्नका लागि मात्रै त्यहाँबाट पाएको अनुमति आज्ञालाई आधार बनाएर आम नेपालीले पाउने अधिकारबाट बञ्चित गर्न नमिलने तर्क गरे ।

समिति सदस्यहरुले भने नेपाली नागरिकता नत्यागेकाहरुको सवालमा सबै अधिकार प्राप्त हुने भएकाले गेसोको हक अधिकारकोबारेमा मात्रै छलफल गरिरहनु नपर्ने तर्क गरे । उनीहरुले दोहोरो अधिकार खोज्न नहुने भन्दै नेपालमा राजनीतिक अधिकार खोज्ने भए बेलायतको नागरिकता त्याग्न आग्रह गरे । नेपालको संविधानले गैह आवासीय नेपालीका हकमा नेपालको राजनीतिक अधिकार बाहेकका अधिकारको प्रत्याभुति गरेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।