बलिउडका चर्चित गायक मिका सिंह पक्राउ परेका छन् । एक कार्यक्रमका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका मिकालाई त्यहिं पक्राउ गरिएको हो ।

एक १७ वर्षीया ब्राजिलियन युवतीलाई यौन उत्पीडन गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

मोडल समेत रहेकी ती युवतीले मिकाले उनलाई अश्लील फोटो पठाएको आरोप लगाएकी छिन् । बुर दुबईमा पक्राउ परेका मिकालाई त्यहाँको प्रहरीले युवतीले लगाएको आरोपका बारेमा सोधपुछ गरिरहेको बताइएको छ । उनलाई त्यहाँको प्रहरीले स्थानिय समय अनुसार विहान ३ बजे पक्राउ गरेको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।