नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा सहायक निरीक्षक (असई) को बढुवा भएको छ । नेपाल प्रहरीका ३३६ असई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएका हुन् ।

बढुवा समितिको सिफारिसमा उनीहरू सईमा बढुवा गरिएको हो । बढुवा भएकाहरूलाई सरुवा समेत गरिएको छ । सरुवा अनुसार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालका रामबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालय भण्डार लत्ता कपडा उपशाखा नक्सालमा लगिएको छ ।

क्षेत्रीय ट्राफिक कार्यालय बुटवल रुपन्देहीका कृष्ण बहादुर खड्कालाई क्षेत्रीय ट्राफिक कार्यालय प्रदेश नं.४ तनहुँमा लगिएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।