हेटौंडा,मंसिर २१,प्रदेश नं ३ सरकारले प्रदेशका २० सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरेको छ ।विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै सीपमूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले कार्यक्रम शुरु गरेको हो ।

पहिलो वर्ष ‘पाइलटिङ प्रोजेक्ट’ का रुपमा यो कार्यक्रम शुरु गरिएको छ । मापदण्ड पुगेका भौतिक पूर्वाधारयुक्त, विद्यार्थीको सङ्ख्या र नमूना सामुदायिक विद्यालयमध्येबाट छनोट गरिएको हो ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार चालू आर्थिक वर्षमा मकवानपुरको बकैयाको महेन्द्र मावि र हेटौँडास्थित आधुनिक मावि छनोटमा परेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस् : 

प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ अभियान सुरु

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।