विश्व स्वम्सेवक दिवस अवसरमा हेटौंडामा बुधबार ‘सामुदायिक सबलीकरणमा स्वयम्सेवक’को विषयक अन्र्तक्रिया कार्यक्रम भएको छ । नेपाल युवा संस्था सञ्जाल(आयोन)ले दातृ निकायहरु भीएसओ, ¥याली ईन्टरनेश्नल, यूएन वूमन र जिल्ला युवा समिति मकवानपुरसँग सहकार्य गरि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा आयोनका अध्यक्ष हिमाल महतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं, प्रदेशको सामाजिक विकास मन्त्रालयकी पूजा काफ्ले, एम्नेष्टी इन्टरनेशनलका विजयकुमार वैद्य, प्रल्हाद घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा यूएन स्वयम् सेवक, सामाजिक र स्वम्सेवाको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । स्वयम् सेवा र सेवकको अवस्था, स्वम्सेवकहरुको चुनौती, स्वम्सेवकहरुको जागरुकताको विषयमा छलफल गरिएको कार्यक्रममा आयोनका अध्यक्ष महतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘युवा, विश्व र सक्रियता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उदेश्य स्थानीयस्तरमा रहेर प्राकृतिक प्रकोप, विपत, समुदायको सबलीकरण र दीगो विकासमा योगदान दिईरहेका स्वयम् सेवकहरुको भुमिका, चुनौती र अवसरका बारेमा छलफल गरि स्वयम् सेवालाई प्रोत्साहन गर्ने रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।