हेटौँडा,२० मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको क्याम्पडाँडा खेल मैदानलाई “फुटबल ट्रेनिङ सेन्टर”को रुपमा विकास गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एनफा) को केन्द्रीय कार्यक्रम अन्र्तगत देशको ४५ जिल्लामा निर्माण हुने “फुटबल ट्रेनिङ सेन्टर” अन्र्तगत पहिलो चरण अर्थान सन २०१९ भित्र मकवानपुरको हेटौँडामा “फुटबल ट्रेनिङ सेन्टर” बन्ने निश्चित भएको हो ।

आज एनफा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा सहितको पदाधिकारी तथा सदस्यहरु, हेटौँडा वडा नंबर ५ का वडा अध्यक्ष राजेश वाँनीया, वडा नंबर १४ का वडा अध्यक्ष दिपक खड्का, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यष माधव तिमल्सीना सहितको टोलीले क्याम्पाडाँडा खेलमैदानको स्थलगत अवकोलन गरेका छन् ।

स्थलगत अबलोकनपछि खबरब्रेकलाई प्रतिक्रिया दिँदै शेर्पाले एनफाको कार्यक्रमको पहिलो कार्यन्वयन मकवानपुरबाट हुने बताए । उनले स्थलगत अवलोकनको क्रममा क्याम्पा चौर टेक्नीकल सेन्टरको लागि समेत निकै उपयुक्त स्थल रहेको बताए ।
वातावरणीय दृष्टिकोणले समेत निकै उपयुक्त रहेको क्याम्पाडाँडाको उक्त मैदान ११ विगहा क्षेत्रफलमा फैलिएको छ । आफुले कल्पना गरेजस्तो स्थल भएको भन्दै शेर्पाले अब उपमहानगरपालिका तथा सम्वन्धीत निकायसँग जग्गा सम्झौता गरेर चाँडै काम सुरु गर्न आफु तयार रहेको बताए ।

मकवानपुर जिल्ला फुटबलको लागि निकै मेहनत गर्ने तथा खेलाडी उत्पादनको दृष्टिकोणमा समेत निकै उत्कृष्ट रहेको भन्दै उनले मकवानपुरे फुटबललाई एनफाको भरपुर सहयोग रहने उल्लेख गरे ।
अबलोकनको क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीनाले कृषि मन्त्रालय अन्र्तगतको उक्त जमिन खेलकुद मन्त्रालय अन्र्तगत ल्याउने अन्तिम प्रक्रिया सुरु भैसकेको भन्दै एनफाले चाँडै उक्त जमिन “फुटबल ट्रेनिङ सेन्टर”को लागि प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए ।

अबलोनको क्रममा बोल्दै स्थानीय वडा नंबर ५ का वडा अध्यक्ष राजेश वानीयाले उपमहानगपालिकाले यस्तो सुवर्ण अवसरको लागि एनफासँग सहकार्य गर्न तयार रहेको बताए । स्थानीय तहबाट आफुहरुले गर्नसक्ने सबैप्रकारको सहयोग हुने समेत उनले प्रतिवद्धता ब्यक्त गरे ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।