हेटौँडा,२०, मंसिर ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले “ओभर स्पिड” गर्ने सबारी चालकलाई कारबाही सुुरु गरेको छ । प्रहरीले हेटौँडामा बुधबारबाट गति मापक यन्त्र “राडर गन” मार्फत सवारीको जाँच सुरु गरेको हो । अत्याधिक गतिको कारण दुर्घटना बढेपछि हेटौँडामा पहिलो पटक “राडर गन” मार्फत सवारी जाँच सुरु भएको हो ।

प्रहरीले सडक किनारामा बसेर “राडर गन” मार्फत सवारीको गति मापन कार्य सुरु गरेको हो । हेटौँडामा पछिल्लो केहि महिनाबाट दुर्घटनाको संख्यामा बृद्धि भएको अवस्थामा प्रहरीले यस्तो अभियान सुरु गरेको हो । बुधबारबाट सुरु भएको अभियानको क्रममा आठ वटा सबारी कारबाहीमा परेको
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार ठाकुरले जानकारी दिए । सबारी चालकहरुले सडकमा राखेको सूचनाहरुलाई वेवास्ता गर्दै अत्याधिक तिब्र गतिमा सबारी हाँक्दा दुर्घटनाको उच्च जोखिम बढेको भन्दै यस्तो अभियान सञ्चालन गरेको उनको भनाई रहेको छ ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको महेन्द्र राजमार्ग सहितको अन्य राजमार्गहरुमा यो अभियान सुरु गरिएको छ ।

बजार क्षेत्रमा प्रतिघण्टा २० देखि २५ किलोमिटर मात्र गुड्न सकिने र राजमार्गमा सडकमा प्रतिघण्टा चालिस किमीसम्म गुडाउने र ४० किमी मात्र गति कायम गर्नु पर्नेमा ओभर स्पिड हुने गरेको निकै जनगुनासो आएपछि प्रहरीले यस्तो अभियान थालेको हो । प्रहरीले मोटरसाईकलको स्वरुप बदल्ने, ठुलो आवाज बनाउने, तथा मोटरसाईकल तथा अन्य सवारीमा जथाभावी बत्तिहरु राख्ने गरेकाहरुलाई समेत कारबाही सुरु गरेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।