हेटौँडा,२० मंसिर ।
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सति श्राप मोचन संकल्प महायज्ञ हुने भएको छ । महायज्ञको अन्तिम तयारी भएको बारे जानकारी गराउदैं आज हेटौंडामा पत्रकार सम्मेलन गरि महायज्ञबारे जानकारी दिइएको थियो । आयोजक संस्थाका अध्यक्ष सुस्मा बडालले सतिश्राप मुक्तमोक्ष गराउनको निम्ति महायज्ञ लगाउन लागिएको बताईन्, । सबैले महायज्ञ गरेका छन्, तर त्यो भन्दा फरक खालको महायज्ञ गर्न लागेको बताईन्, ।

आर्थिक हिसाबले राष्ट्रमा धेरै स्थानमा महायज्ञ लगाए तर जनहितको लागि भने अहिल्यै सम्म नलगाइएकोले पहिलो पल्ट यज्ञ लगाउन लागेको उनको भनाइ रहेको थियो । सतिले सरापे देश भनेर भन्ने गर्छौ हामी तर त्यहि सतिले सरापेको भनेर उन्नती हुन नसकिरहेको अवस्थामा हामीले यो सति श्राप मोचन संकल्प महायज्ञ लगाउन लागेको अध्यक्ष एंव महायज्ञ संयोजक बडालले बताईन्, ।

नेपालमा पहिलो पल्ट एउटै मञ्चमा दुई व्यासलाई राखेर एकातिर देवभागवत र अर्कातिर श्रीमतभागवत पाठ वाचन गरिने आयोजकले जनाएको छ । मंसिर ३ गतेबाट नै पूर्वाङ्ग गरि २५ गते सम्म भजनकिर्तन,नृत्य र दिपप्रज्ज्वलन गरिने र २६ गतेबाट पाठ वाचन गरिने जनाइएको छ । हेटौंडाको राप्तितटमा रहेको गोरक्षश्वर महादेव मन्दिर परिसरमा महायज्ञ हुने आयोजकले जनाएको छ । महायज्ञ पश्चात ईच्छा मनकामना साधक परिवारले हेटौंडाको भैरवडाँडामा सक्तचिक्त दिव्य मणिआनन्दधाम निर्माण गरिने अध्यक्ष बडालले बताइन्, । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सो स्थानमा जग्गा समेत उपलब्ध गराउने प्रतिवद्धता गरेका आयोजकले जनाएको छ । महायज्ञमा १५र१६ लाख खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनमा महायज्ञ सहसंयोजक सुन्दर शाही, सदस्यहरु टिका कुमारी पौडेल, शम्भु भट्टराई, वाचन गुरु किशोर स्वामी लगायतकाको उपस्थिती रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।