अरु ठाउँका सुन्तला मनकामनाको भन्दै बिक्री हुन थालेपछि गोरखामा स्टिकर टाँसेर मात्रै बजारमा पठाउने गरिएको छ।

पातलो बोक्रा, रसिलो र स्वादिलो हुने भएकाले मनकामना क्षेत्रमा उत्पादिन सुन्तला लोकप्रिय छ।

यो वर्ष पनि किसानले बोटबाट टिपेका सुन्तला स्टिकर टाँसेर बेचेका खबर आजको कान्तिपुर दैनिकमा गोरखाबाट हरिराम उप्रेतीले लेखेका छन्।

मनकामनाको ढाँडबारीका किसान ऋषि आलेले स्टिकर टाँसेर पठाउँदा बजारमा बिक्रीमा सहज भएको बताए।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।