संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीले नेपाली वायुसेवा कम्पनीका जहाजलाई युरोपिएन युनिएन ९इयू० ले राखेको सुरक्षा चासो सूची (कालोसूची) बाट बाहिर निकाल्न सरकारी तहमा संवाद भइरहेको बताइरहेका छन्। तर मन्त्रीको यस्तो अभिव्यक्तिसँगै उड्ययन व्यवासायीहरु कालोसूचीबाट बाहिर आउन सरकारले पर्याप्त यत्न नगरेको भन्दै असन्तुष्ट छन्।

‘मन्त्रीले भाषणमा भन्ने कुरा एउटा भयो, तर किन नेपाललाई कालोसूचीमा पारियो भन्ने काराण सरकारले पहिल्याउन सकेको छैन,’ उड्डयन क्षेत्रका एक अनुभवी व्यवासयीले नेपाल लाइभसँग भने, ‘कारणकै जरोमा पुग्न नसक्ने मन्त्रालयले रणनीतिक बनेर कालोसूचीबाट बाहिर निकाल्ला भन्ने झिनो आशा मात्र छ।’

आखिर इयूको कालोसूची किन ?
उड्ययन क्षेत्रका भुक्तभोगीहरुका अनुसार विश्वभर जहाजको उडान अर्थतन्त्र र यसको सेरोफेरोमा व्यापार–राजनीति स्वभाविक ठहर्छ। ठूला र शक्तिशाली देशहरुले रणनीतिक रुपमा जहाज बेच्ने, उडाउने परिचक्रमा आफ्नो व्यापारिक स्पर्धा गरिरहेका हुन्छन्।

‘खासमा भन्ने हो भने नेपाली जहाजहरु चीन र इयूको यही व्यापारिक लडाईंको चेपमा परेका हुन्,’ ती अनुभवी व्यवसायीले भने, ‘हाम्रा मन्त्रीले इयूलाई रिझाउन छोडेर, हामी तिमीहरुको उड्डयन व्यापारलाई पनि कालोसूचीमा राख्छौं भनेर ‘स्ट्यान्ड’ लिएको केही समयमा नै हामी कालोसूची बाहिर आउँछौं।’

सन् २०१३ डिसेम्बर अगाडि नै आइकोओले नेपाली विमान कम्पनीहरुलाई कालोसूचीमा राखेको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन ९आइकाओ० ले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली विमान कम्पनीहरुको सेफ्टी एसिस्मेन्ट सन्तोषजनक नरहेको भन्दै कालोसूचीमा राखेको थियो। आइकाओले कालोसूचीमा राख्नकै बेला नेपाल एयरलाइन्सले चिनियाँ जहाज खरिद प्रक्रिया पनि अगाडि बढाएको थियो।

जब नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि भन्दै चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्नेबित्तिकै इयूले नेपाली विमान कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकारहरु बताउँछन्।

‘मान्नुहोस् या नमान्नुहोस्, चीनियाँ जहाज नै कालोसूचीको कारण हो,’ अर्का एक व्यवसायी पनि यसमा सरकार सचेत हुनुपर्ने र रणनीतिक रुपमा यो समस्या सुल्झाउनु पर्ने तर्क अघि सार्छन्।

नेपाल एयरलाइन्सले जब तराईको क्षेत्रमा उडान गर्नेगरी दुई वटा एमए ६० चिनियाँ जहाज खरिद गर्ने निर्णग गरे, त्यसको व्यापारिक स्वार्थको बाछिटा नेपालमा परेको भनाइ जानकारहरुको छ।

नेपालले चिनियाँ जहाज खरिदसँगै एटीआर जहाज उत्पादन गरी बिक्री युरोपको व्यापारमा तलमाथि हुने अवस्था आए पनि नेपाललाई धम्काउन कालोसूचीमा राखेको एक विमान कम्पनीका मालिकले नेपाल लाइभसँग बताए।

सरकारले युरोपबाट आयात हुने जहाज तथा त्यसको पार्टपुर्जामा लगाउँदै आएको भन्सार करमा कडाइ गर्नासाथ कालोसूचीको लफडा समाप्तितिर जाने राय उड्ययन प्राधिकरणका एक पूर्व महानिर्देशकको छ। ‘हाम्रा विमान कम्पनीलाई उडान प्रतिबन्ध लगाउन देशहरुबाट नै हामी जहाज खरिद किन गर्नेरु हामीले आफ्नो व्यापार चौपट पार्दै उनीहरुको व्यापारलाई यहाँ प्रोत्साहन गर्ने काम बन्द किन नगर्नेरु’

यसैबीच, मन्त्री अधिकारीले इयूले सुरक्षा चासो लिस्ट ९कालोसूची० मा राख्नुको कुनै औचित्य स्पष्ट पारेका छन्। बुधबार मात्रै सिंहदरबारमा बसेको लेखा समितिको वैठकमा उनले भने, ‘मार्चभित्रमा इयूको कालोसूचीबाट हटाउने काम भइरहेको छ।’

इयूले भने कालोसूचीको खास कारण नेपाली आकाश सुरक्षित नहेको भन्दै आइरहेको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।