
हेटौँडा,२० मंसिर ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ की १६ वर्षीय किशोरी पुजा विडारी एकाएक बेपत्ता भएकि छिन् ।
आज बिहान ४ बजे घरबाट टिउसन पढन भनेर घरबाट निस्किएकी पुजा साँझसम्म घर नफर्केपछि परिवारले प्रहरीमा पुजालाई खोजिदिन आग्रह गरेको छ ।
साढे ४ फिट उचाई भएकी पुजालाई देख्नुहुनेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन या ९८५५०९०१५० मा सम्पर्क गरिदिनुहुन समेत प्रहरीले सामजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेको हो ।
पछिल्लो समय मकवानपुरबाट दैनिकजसो मानिस बेपत्ता हुने घटना बढेको छ ।यसतर्फ सबै सचेत हुन आवश्यक समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्