यही मंसिर २२ गतेदिख सुरु हुने एभरेस्ट प्रिमियर लिग ९इपिएल० टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्यान्ड, आयरल्यान्ड, युएई, नेदरल्यान्डलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीनजनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन–तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ ९आयरल्यान्ड०, जोन सिमसोन तथा जर्ज स्कट ९इङल्यान्ड०लाई क्लबमा अनुबन्ध गरेको छ ।

शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे ९नेदरल्यान्ड्स०, मोहम्मद नाभिद ९युएर्इ, रवि इन्दर सिंह ९भारत० तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत ९हङकङ० र पाउल भान मेकेरेन ९नेदरल्यान्ड्स०लाई क्लबमा अनुबन्ध गरेको छ ।

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुुस्तफा ९युुएई० र केभिन ओ ब्रायन ९आयरल्यान्ड० तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर ९भारत०लाई ल्याएको जनाएको छ ।

शक्ति गौचनको कस्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया ९हङकङ०, काइल कोइट्जर ९स्कटल्यान्ड० र पाउल कोलिन ९इङल्यान्ड०लाई क्लबमा ल्याएको छ । यही मंसिर २२ गतेदेखि सुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । राउन्ड रोबिन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई–दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

मंसिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ सहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले समेत मान्यता दिएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।