हेटौँडा,१९, मंसिर ।
ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) आज हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमामा प्रर्दशन भएको छ ।
चलचित्र हेर्न दुईवटा पर्दा रहेको एनएस सिनेमा हल खचाखच भरिएको थियो । सामजिक विषयबस्तु रहेको चलचित्र राम्रो रहेको प्रतिक्रिया दर्शकहरुले समेत दिएका छन् ।

तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो ।

चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।