त्रिपोली, १९ मङ्सिर । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ ।

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले बताएका सिन्ह्वा समाचार समितिले जनाएको छ ।हजारांै आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हँुदै लिबियाबाट युरोेप पुग्ने गरेका छन् ।एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।