हेटौँडा,१९ मंसिर ।
हेटौँडा–६ चौघडामा आजदेखि सुरु भएको राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एविसी पोखराले विजयी सुरुवात गरेको छ ।

हेटौँडा भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सहआयोजनामा बंशगोपाल माविको खेल मैदानमा भएको प्रतियोगितामा सिएफटी, हेटौँडालाई २–० गोल अन्तरले पराजित गर्दै पोखरा विजयी भएको हो । एविसीको तर्फबाट सञ्जय गुरुङ र हरि तामाङले १-१ गोल गर्दै पोखरालाई विजयी सुरुवात गराएका हुन् । प्रतियोगितामा पोखराका मानकाजी गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् ।

प्रतियोगिता अन्तर्गत अहिले केहीवेरपछि सुरु हुने दोश्रो खेलमा बीरगञ्ज युथ एकेडेमी, बीरगञ्ज र सिमरा भेट्रान्स, सिमराबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी आजै हुने तेश्रो खेलमा बुटबल भेट्रान्स, बुटबल र पश्चिम चितवन भेट्रान्स, चितवनबीच प्रतिस्पर्र्धा हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।