हेटौँडा,बकैया गाउँपालिकामा खेलकुद विकास समिती गठन गरिएको छ । बकैया गाउँपालिकामा मगंलबार भएको कार्यक्रममा बकैया गाउँपालिकाको खेल गतिविधि सन्चालन तथा बिकास गर्न पालिका स्तरिय बिकास समिती गठन गरेको हो ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षता बसेको पुर्ण बैठकले प्रकाश वाइवाको अध्यक्षतामा १७ सदस्यीय बकैया खेलकुद समन्वय समिती गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बिस्नु नेगि, सचिव यादव चौलागाईं, कोसाध्यछमा बासुदेव घलान तथा उपसचिवमा देव बहादुर मोक्तान रहेका छ्न । १७ सदस्यीय कार्यसमितिमा पालिकाको १२ वडाबाट १२ जनाको प्रतिनिधित्व छ । भने बाकी ५ जना अध्यक्षले मनोनयन गर्नेछ्न ।

समितिले बकैयाको खेल गतिबिधी तथा खेलकुद प्रबर्द्धनको गतिविधि सन्चालन अनुगमन तथा योजना निर्माण गर्ने निर्वाचित अध्यक्ष वाइवाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।