बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहेमा फोटो खिच्ने डरले क्यामेरा तथा क्यामरा भएको फोन समेत प्रतिबन्ध गरियो । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए ।

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ ।

बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक गरिएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो ।

समाचार अनुसार प्रियङ्का र निकले ड्रोनबाट फोटो खिच्ने सम्भावनातर्फ चनाखो हुँदै निशानेबाजलाई बन्दुकसहित बोलाएका थिए । दुवैको बिहे जोधपुरको उम्मेद भवन प्यालेसमा भएको हो । यस क्रममा शानदार आतिसबाजी गरियो भने बिहे क्रिश्चियन रीतिरिवाजबाट सम्पन्न भएको हो ।

दिल्लीको ताज प्यालेसमा आज प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिइरहेका छ्न् । यस पार्टीमा दुवैका निकट साथी आएको खबर छ ।  (एजेन्सी)

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।