हेटौँडा,पुर्बी मकवानपुरको बाग्मती गाउँपालिका अन्तर्गत फापरबारी, बेतिनी, ललितपुर मोटर बाटोमा पर्ने मकवानपुर बाग्मती गाउँपालिका-९ र दक्षिण ललितपुर को बाग्मती गाउँपालिका- ७ खुर्मी सिमानामा रहेको बाग्मती नदिमा पक्की पुल नहुँदा यस सडकमा सवार सवारी साधनहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन ।

मकवानपुर बाग्मती गाउँपालिकाको फापरबारी अबस्थित धरान चतरा सडक संङ जोडिएको यो सडक फापरबारी, बेतिनी बाट ललितपुर बाग्मती गाउँपालिका हुँदै राजधानी सम्म निकै छोटो दुरीमा रहेको यो सडक को बिकास र दुई बाग्मती गाउँपालिका बिचको बाग्मती नदिमा पक्कि पुलको अत्ति आवस्यक रहेको भन्दै यस रुट हुँदै सवार गर्ने सवारी चालक तथा यस क्षेत्रका स्थानीयहरु लगायत धेरैले गुनासो गरेका छन । जस्तै काभ्रे जिल्ला देखि सामान ढुवानी का लागि हेटौंडा पुग्न भनी हिडेका कुनै सवारी साधन हरु बाग्मती नदी पुगेपछि नदी बिचमै फस्ने र नदी पार गर्न कठिनाई भए पछि गन्तब्य मा पुग्नै नपाई नदि बिच बाट नै फर्कन बाध्य भएको छ ।

विभिन्न धेरै क्षेत्रका यात्रुहरु लाभान्वित यो सडक को राम्रो बिकास र यस सडक अन्तर्गत पर्ने बाग्मती नदिमा पक्की पुल निर्माण भएमा पुर्बी नेपालको धेरै यात्रुहरुलाई राजधानी काठमाडौं सम्म साथै ललितपुर, र काभ्रे जिल्लाका स्थानीय बासिन्दाहरुलाई प्रदेश राजधानी हेटौंडा आवातजावत गर्न धेरै सहज हुने भएको हुँदा छिटो भान्दा छिटो यस दुई बाग्मती गाउँपालिका बीचको बाग्मती नदिमा पक्की पुल निर्माण हुनु पर्ने भन्दै यसै सडकमा सवार यात्रुहरु र यस भेगका स्थानीय बासिन्दा हरुले गुनासो गरेका छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।