हेटौँडा,नेपाली कांग्रेस थाहा नगरपालिका ५ ठूलो फाखेलमा बुधबार क्रियाशिल सदस्यता वितरण गरिएको छ ।

थाहा ५ का बयोबृद्ध नेता लालबहादुर भोम्जनको सभाध्यक्षता तथा पार्टीका जिल्ला सचिव अानन्द कठायतको प्रमूख अातिथ्यतामा क्रियाशिल सदस्यता वितरण गरिएको हो ।

कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यद्वय भीमबहादुर भोम्जन र सुनिल अधिकारी, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति अानन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, क्षेत्रीय सदस्यहरु गणेशबहादुर पाख्रिन, शिव थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्रियाशिल सदस्यता ४४ जनालाई वितरण तथा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका ५६ जनालाई प्रमूख अतिथि कठायतलगायत अतिथिहरुले सदस्यता वितरण गर्नुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।