सुपरस्टार रजनीकान्तको फिल्म २.० का निर्माताहरूले सोमवारसम्म ४०० करोड अर्थात् चार अर्ब भारु कमाइ गरेको बताएका छन् । संसारभरिको बक्सअफिसबाट यो कमाइ भएको उनीहरूको कथन छ ।

निर्देशक शंकरले निर्देशन गरेको सन् २०१० को ब्लकबस्टर फिल्म एन्धिरनको सिक्वेल २.० लाई लाइका प्रोडक्सन्सले निर्माण गरेको हो । लगभग ६०० करोड भारु खर्च गरेर बनाइएको फिल्मले लगानी सुरक्षित गर्ने लक्षण देखाएको छ ।

२.० मा रजनीकान्त फरक फरक अवतारमा देखिएका छन् । अनि फिल्ममा अक्षय कुमार, एमी ज्याक्सन, आदिल हुसेन र सुधांशु पाण्डेको पनि राम्रो अभिनय छ ।

अक्षयको यो पहिलो दक्षिणी फिल्म हो र पहिलो फिल्ममै उनले धमाका गरेका छन् । एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।