हेटौंडा,हेटौंडा उपमहानगरपालिका वडा नं १९ स्थित नेवारपानीमा एक बालिकाको शव फेला परेको छ ।

नेवारपानीस्थित राप्ती खोलामा मंगलबार बिहान बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय नेवारपानीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोकुमार यादवले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार अन्दाजी डेढ–दुई वर्षको बालिकाको शव फेला परेको छ । स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्म बालिकाको पहिचान खुल्न नसकेको यादवले बताए । बालिकाको शव प्रहरीले हेटौंडा ल्याएको छ । घटनाको थप विवरण आउन बाँकी छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।