हेटौँडा,१८ मंसिर । नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइको निर्णय अनुसार मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार सामाजिक सुरक्षा कार्य योजना आज भीमफेदी गाँउपालीकामा तयार भएको छ ।

गाउँपालीका अध्यक्ष हिदम लामाको अध्यक्षतामा सञ्चालन कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सोम राज तिमल्सिनाको बिशेष आतिथ्य रहेको थीयो । कार्यक्रममा गाउंपालीका उपाध्यक्ष पार्बती राना सहित कार्यपालीका पदाधिकारी,वडा अध्यक्ष,कार्यकारणी प्रमुख जिबन कुवंर,गाउं पालीका अधिकृत अफिसर तथा वडा सचिब र प्राबधिक इञ्जीनीयर,लगायत गैर सरकारी संस्था इ.एच.आर.पी. संस्थाका प्रमुख हरी लीम्बु,लाभदायीक भुकम्प पिडितको उपस्थीत रहेको थीयो ।

कार्ययोजनामा बृक्ष रोपन,खानी ब्यबस्थापन,भर्ना बिशेष ब्यबस्थापन,सिमान्तकृत तथा बिपनन समुह।खानेपानी मर्मत,पहिरो नियन्त्रण(रोकथाम),पेशागत स्वास्थ्य तथा सुरक्षा,बाह्य आगमन तथा बाल श्रम प्रयोग,अस्थाइ संरचनाहरुको सुरक्षा मुद्धा सम्बन्धमा सार्बजनीक सुनवाइ कार्यक्रम भएको थीयो । कार्यक्रममा समापन मन्तब्य प्रदान गर्दै अध्यक्ष लामाले भुकम्प सम्बन्धी राज्यले प्रदान गर्दै आएको राहत पुनर्निमाण,अनुदानको समय सिमा र्निधारण गरी कार्यक्रमको औचित्य पुष्टि गर्न अनुरोधका साथ गुनासो बितरण निर्माण आदेश तथा अनुगमन कार्य छिटो छरीतो गरी कार्य सम्पन्न भएको घोषणा हुनुपर्ने बताए । सधै गुनासो भर्ने ,सधै छुटफुट बांकी भनेर समय सार्दै गर्दा जनताको आशा भरोसा सम्वोधन नभएको उनको भनाई रहेको छ ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता