हेटौँडा,१८ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको दाबी गरेका छन् । दुई तिहाईको सरकारले शान्ति तथा अमन चयन गर्छ भन्ने जनताको चाहानामा तुसारापात भइको उनले दाबी गरे ।

आज हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्न नसकेको बताए । उनले भने : दुई तिहाईको सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्छ भने आशालाई पुर्ण रुपले तुसारापात गरेको बताए ।
सरकारले चार महिना अघि बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको अपराधीलाई संरक्षण गरेको आरोप लगाए । सरकारसँग कनेक्सन भएको ब्यक्तिले निर्मलाको हत्या गरेको कारण सरकार चुप भएर बसेको आरोप समेत लगाए ।

नेपालको तराई क्षेत्रमा विखण्डनकारीहरु सक्रिय रहेको भन्दै अध्यक्ष थापाले सरकारले यसतर्फ ध्यान नदिएको अरोप लगाए । सरकारको संरक्षणमा नेपालमा एनजिओ हरुले धर्म प्रचारको काम गरेको भन्दै अध्यक्ष थापाले सरकारनै सहभागि भएर चर्चको सम्मेलन गर्नु लज्जाको विषय भएको बताए ।

राप्रपाले अब हिन्दु राष्ट सहितको राजसस्थाको लागि फागुनबाट आन्दोलन गर्ने भन्दै उनले सबैलाई यसको लागि तयारी रहनको लागि आग्रह समेत गरे । राप्रपाको एकताको विषयमा बोल्दै अध्यक्ष थापाले आफुहरुको कारण एकता नरोकिएको बरु एकताको नाममा भएको षड्यन्त्रबाट आफुहरु जोगिएको बताए । तीनजना अध्यक्ष मानेर एकता गरेको भए आफुहरुको अस्तित्व समेत संकटमा रहेको कुरा आफुले पछि मात्र थाहा पाएको अध्यक्ष थापाको भनाई रहेको थियो ।

राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका साहायक महामन्त्री राजाराम बर्तौला सहितका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।