हेटौँडा,१८ मंसिर ।
ओभरलोड गाडीको कारण सडकमा समस्या आएको भन्दै तौल पुलको ब्यवस्था गर्न नारायणी यातायात व्यवसायी कम्पनि प्रालिले आग्रह गरेको छ ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि प्रालिका अध्यक्ष गोकर्ण पराजुलीले ओभर लोडको कारण दुर्घटना बढेको तथा सडकको अवस्था अत्यान्तै नाजुक रहेको भन्दै यस्तो माग गरेका हुन् । उनले यस्ता सवारीलाई सचेत या कारबाही गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रालिका अध्यक्ष पराजुलीले सरकारले या स्थानीय तहको समन्वयमा चाँडोभन्दा चाँडो तौल पुल सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल सरकारको नीतिको कारण आफुहरुलाई भारतीय गाडीले विस्तापित गर्ने खतरा बढेको भन्दै उनले स्वदेशी यातायात ब्यवासयीलाई प्रोत्साहन हुने खालको नीति निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
उनले उद्योगहरुले सवारी ढुवानीको क्रममा टिडिएस कट्टा गर्दा हस्तलिखित रसिद दिने भएकोले व्यवसायीलाई मर्का परेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।