हेटौँडा,१७ मंसिर ।

प्रदेश नंबर ३ को राजधानी हेटौँडानै हुने निश्चित भएको छ । प्रदेश नंबर तीनमा रहेको ६ वटा दलमध्ये पाँचवटा दलको सहमति हेटौँडानै हुने भएपछि भोटिङनै हुने भएपनि राजधानी हेटौँडानै हुने भएको हो ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज हेटौंडामा बसेको सर्वदलीय बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयलाई प्रक्रियामा लैजाने सहमति गरेको हो ।
बैठकको विषयमा जानकारी दिँदै राजधानी अध्ययन समितिका संयोजक तथा नेकपा सांसद दिपक निरौलाले सहमति नभए अबको बैठकमा चुनावि प्रक्रियाबाट राजधानीको विषय टुंगो लगाउने अनौपचारिक सहमति भएको बताए । तर बैठकमा सहभागि विवेकशील साझा बाहेक अन्य दलले हेटौँडानै राजधानीको लागि हुने तर्क गरेको उनको भनाई रहेको छ ।
बैठकको विषयमा जानकारी दिँदै अध्ययन समितिका संयोजक निरौलाले भने ः बैठकमा विवेकशील साझाका नेताले काभ्रेको प्रस्ताव गरे तर अन्य दलका नेताहरु हेटौँडाबाट सार्ने पक्षमा थिएनन् ।
नेकपा एक्लैको दुई तिहाई रहेको अवस्थामा अन्य दलसँग राजधानीको लागि खासै सहकार्य गर्नु नपरेपनि नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणी पौडेल सकेसम्म सहमतिमानै मतदाननै नगरीकन हेटौँडामा राजधानी राख्नको लागि लागिपरेको नेकपाका एन नेताको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।