हेटौँडा,भीमफेदी गाउँपालीका कार्यालयले आ.ब. ०७५/०७६ को बिकास योजना गाउँपालीका जनप्रतीनीधी सहित कार्यालय प्रमुख ,योजना अधिकृत ,प्राबधिक इञ्जीनीयर स्वास्थ्य संयोजक सञ्चारकर्मी टोली सहित बैंक खाता सञ्चालन कार्यक्षेत्र मा संझौतागरी कार्यान्वयन गर्ने सफल थालनी गरेको छ ।

गाउँपालीकाका बिकट स्थानको बिकास योजनाको योजना संझौता तथा बैक खाता संञ्चालन गर्न पालीका कार्यालय आउन तथा योजना संझौताका कार्यान्वयन सम्पन्न गर्न निकै कठिनाइ तथा कागजी अप्ठेरा ले बिगतका दिनमा निकै दुख झेल्नु परेको संझदा सरकार ले लीएको गाउँ गाउँंमा सिहं दरबार भन्ने नारा गाउँपालीकाले संचालन गरेको कार्य बाट वडा बासीले अनुभुती गरेको वडानं. ७ का अध्यक्ष बुद्धि बहादुर सिंजालीले बताउनु भएको छ ।

गाउँपालीको वडा नं. ९ नामटारमा परीक्षण शिविरका रुपमा कार्यक्षेत्र मा उपभोक्ता समिति गठन गरी योजना स्थलमा लागत इष्टमेट तयार गरी योजना संझौता सहित योजनाको बैंक खाता समेत खोल्ने कार्यले जनाताले राहत लीएको र वडा बासीले अनाबश्यक झभंmट ब्यहोर्नु नपरेकोले यस कार्य लाइ निरन्तरता प्रदान गर्दै भीमफेदी गाउँपालीकाको वडानं. ७ कोगटेमा शिबिर सञ्चालन गरेको छ । शिबिरमा भीमफेदी गाउं पालीका अध्यक्ष हिदम लामा,उपाध्यक्ष पार्बती राना,कार्यपालीका प्रमुख जिबन कुंवर,७ नं. वडा अध्यक्ष बुद्धी बहादुर सिंजाली ,सामाजीक बिकास संयोजक वडान. ८ का अध्यक्ष जगतमान घिसिगं ,योजना अधिकृत बद्री सापकोटा,स्वास्थ्य संयोजक ध्रुब प्रसाद लामीछाने,प्राबधिक इञ्जीनीयर नबिन यादब,जयराम चौलागाइ,खरीदार अशेष लामीछाने,वडा सचिब सिताराम रीमाल, एन आइ सि एसिया का कार्यालय प्रतीनिधि अमीत पुडासैनी सहितको टोली उपस्थित रहेको थियो ।

गाउँपालीकाको कार्यक्षेत्र बाट वडा तहमा पुगी योजना संमझौता कार्यान्वयन गर्दा जनताले राहत महशुस गरेको तथा योजना पनी द्रुत गतीमा बढेको छ । हाल पहिलो चौमासिकको सबै पाचँ करोड सत्ताइस लाखको योजना संम्झौता भइ कार्य अगी बढेको गाउँपालीकाका अध्यक्ष हिदम लामाले बताएका थिए। योजना अधिकृत बद्रि सापकोटाका अनुसार आ.ब. ०७५÷०७६ को बिकास योजनामा यस ७ नं.वडामा ठुला साना गरी पहिलो चौमासिकको सत्र वटा योजना रहेका र उक्त योजना लाइ रु पचपन्न लाखको बजेट बिनियोजन गरेको बताएका थिए ।

सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
[email protected]
भीमफेदी, खबरब्रेक संवाददाता