हेटौँडा,१७ मंसिर ।
प्रदेश नम्बर ३ को स्थायी राजधानीको टुंगो भोटिङबाट लगाइने भएको छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमवार हेटौंडामा बसेको सर्वदलीय बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयलाई प्रक्रियामा लैजाने सहमति गरेको हो ।
बैठकको विषयमा जानकारी दिँदै राजधानी अध्ययन समितिका संयोजक तथा नेकपा सांसद दिपक निरौलाले सहमति नभए अबको बैठकमा चुनावि प्रक्रियाबाट राजधानीको विषय टुंगो लगाउने अनौपचारिक सहमति भएको बताए ।

‘स्थायी राजधानीको सम्भाव्यता अध्ययनका लागि प्रदेश सभाले अध्ययन समिति गठन गरेको थियो ।  यसै विषयमा जानाकारी दिँदै प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले समितिका तर्फबाट ५ वटा जिल्लाको नाम सिफारिस भएको र सो जिल्लाहरुमानै चुनाव हुने एक अनलाईनलाई बताए । यस विषय अब भोटिङबाट टुंगो लाग्छ,’ मन्त्री जम्कट्टेलले भने ।

समितिले हाल अस्थायी राजधानी रहेको मकवानपुरसहित काभ्रे, भक्तपुर, चितवन र नुवाकोट जिल्ला राजधानी बनाउन उपयुक्त हुने भन्दै सिफारिस गरेको छ ।

स्थायी राजधानी तोक्न प्रदेश सभाको दुई तिहाइ बहुमत चाहिन्छ । सत्तारुढ नेकपासँग दुई तिहाइ बहुमत रहेपनि राजधानी कहाँ राख्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न सकेको छैन ।

‘पार्टीमा अहिलेसम्म त्यस्तो निर्णय भएको छैन,’ उनले भने, ‘यो ह्वीप लाग्ने विषय होइन । स्वतन्त्र मतदान हुन्छ । पार्टीभित्र समझदारी भने हुनसक्छ । हामी अब छलफल गर्छौं ।’

बैठकमा विवेकशिल साझा पार्टीको संसदीय दलका नेताले काभ्रेको पस्ताव राखेपनि अन्य दलका नेताहरु भने मकवानपुरै हुनुपर्नेमा रहेकको समेत बैठकमा सहभागि एक नेताको भनाई रहेको छ । बैठकको विषयमा जानकारी दिँदै अध्ययन समितिका संयोजक निरौलाले भने ः बैठकमा विवेकशील साझाका नेताले काभ्रेको प्रस्ताव गरे तर अन्य दलका नेताहरु हेटौँडाप्रति पोजेटिभ थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।