साङ्केतिक तस्वीर

हेटौँडा,गएराति हेटौँडा १२ मा कुटपिटका कारण एकजनाको मृत्यु भएको छ । सुसुराली घर गएका हेटौँडा १२ का रमेश राना मगरको हेटौँडा ११ र १२ जोडने झोलुंगे पुल नजिकै मृत्य भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको झगडाका कारण उनको मृत्यु भएको बताइएको छ ।

अन्दाजी ४०/४५ बर्षका मगरको १२/१५ जना व्यक्तीहरु विच भएको झैझगडाका क्रममा मृत्यु भएको हुनसक्ने मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताएका छन् । घटनामा संलग्न रहेको भनिएका एकजनालाई प्रहरी पक्राउ गरेको र बाँकीको खोजिकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।प्रस्टखबर को सहयोगमा

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।