हेटौँडा,हेटौँडा–११ नवलपुर झोलुंगे पुलमा भएको झडपमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान साढे १ बजेतिर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको थियो भने एक घाइते भएका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले मकवानपुर हेटौँडा–११ नवलपुरका २३ बर्षीय जिसु श्रेष्ठ, २९ बर्षीय सौरव अर्याल, २५ बर्षीय अमुल लामा, २४ बर्षीय अमृत लामा, २२ बर्षीय रुपेश चुनी मगर, नवलपुरमा डेरा गरी बस्ने नुवाकोटका २९बर्षीय सुजेन लामा रहेका छन् । प्रहरीले उनीहरुले विहानसम्ममा विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

देउसी हेर्न भनि मादक पदार्थ सेवक गरी हिडेका युवाहरुको झडप भएको थियो । झडपका क्रममा युवाहरुको कुटपिटबाट स्थानीय ४७ बर्षीय रमेश राना मगर र २५ बर्षीय रंजित श्रेष्ठ घाइते भएका थिए ।

घाइते मध्ये मगरको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।  अर्का घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।