प्रदेश २ ले जिल्ला प्रशासन कार्यालयहरुलाई प्रदेश सरकार मातहत ल्याउन र प्रमुख जिल्ला अधिकारीलाई सरुवाको अधिकार विस्तार गर्न संघीय सरकारसँग माग गरेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्र पठाई प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा कायम गर्नेसम्बन्धी कार्यकारी आदेशमा केही व्यवस्था थप्न आग्रह गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।उनले पत्रमा प्रजिअका साथै एसपीसम्मका प्रहरी कर्मचारीलाई काज र सरुवाको अधिकार दिनुपर्ने माग गरेका हुन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।