च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले भिक्टोरिया प्ल्जेनविरुद्ध शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले भिक्टोरियाविरुद्ध ५-० गोल अन्तरले पराजित गरेको छ।

रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने ग्यारेथ बेल, कासामेरो र टोनी क्रुजले एक एक गोल गरेका थिए। सान्टियागो सोलारी अन्तरिम म्यानेजर बनेपछि रियल म्याड्रिडको यो लगातार तेस्रो जित हो।

 यस खेलमा २ गोल गर्दै  बेन्जामाले रियल म्याड्रिडका लागि २ सयौ गोल गरेका छन्। जितपछि रियल म्याड्रिडको समुह जीमा ४ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने एएस रोमा पनि ४ अंकमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।