साङ्केतिक तस्वीर

वरिष्ठ चिकित्सक डा.श्यामबहादुर पाण्डेको निधन भएको छ । ७७ वर्षीय पाण्डेको मंगलबार राति मस्तिष्कघातकबाट मृत्यु भएको जानकारी वयोधा अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले दिए । पाण्डे वयोधाका संस्थापक अध्यक्ष हुन् ।

पाण्डे मिर्गौला फेल भएर ३ वर्षदेखि डायलासिस गराइरहेका थिए । डायलासिसको भरमा बाँचिरहेको अवस्थामा समेत उनले अस्पतालमा बिरामी जाँच्न छाडेका थिएनन् । ‘उहाँ डायलासिस गराइ रहदा वयोधामा आफनो उपचार गराउने र आफूले बिरामीको समेत उपचार गर्ने क्रम जारी राख्नुभएको थियो’, चौधरीले भने । यसअघि सन् २०११ मा समेत उनलाइ स्ट्रोक भएको थियो । कान्तिपुरबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।