मकवानपुर ÷ थाहा कला केन्द्रले रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराजलाई सम्मान गरेको छ । तिहार विशेष बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमकोे अवसरमा कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति समेत रहेका ठुलो कान्छा लामाले उनीलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

पत्रकारिता क्षेत्रको माध्यामबाट यस क्षेत्रको भाषा, संस्कृति संरक्षण सम्र्बद्घन र जिवन रुपान्तरण साथै मकवानपुरको सम्रग विकासका लागि अतुलनिय रुपमा योगदान गरेको भन्दै थाहा कला केन्द्रले उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित कालिराज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्य समिति सदस्य समेत हुन् । कालिराज कला र संस्कृति तर्फ विशेष कलम चलाउँदै आएका छन् । कालिराज दामनपोष्ट डट कमका विशेष सम्वाददाता समेत हुन् । थाहा काल केन्द्रले हरेक बर्ष विभिन्न ५ विधामा सम्मान गर्दै आईरहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।