फाईल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिन रहेको बताउनु भएको छ । नेपाल सम्वतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल सम्वतको शुरुआतको घटना पनि सबैका लागि प्ररणादायी रहेको बताउनु भएको छ ।

नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको उहाँको भनाइ छ । साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।

‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग छ । सोही दिनदेखि उनले नेपाल सम्वत् चलाएको बताइन्छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।