तिहारमा देउसी भैलो खेल्न गएका नुवाकामेटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् ।

वुधवार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर सम्पर्कमा नआएको भन्दै खोजीका लागि परिवारजनले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

आफ्नी छोरीसहित पाँचजा बालिकाहरु २४ घण्टादेखि बेपत्ता भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय ढिकुरेमा निवेदन दिइएको सम्झनाका पिता रामकुमार थापामगरले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।