सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ ।

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।