न्यूयोर्क– नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् ।
मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । अमेरिकी मुलधारको रानीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी हुन् ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम चुनावमा पनि उनी नै चुनिएका हुन्  ।नेपालको पर्वतमा जन्मिएका उनी  सन् २००५ मा अमेरिका पुगेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।