हेटौँडा,२१ कार्तिक,
तिहारको समयमा उपभोक्तालाइ हिड्न समेत बाटो नराखी ब्यवसाय सञ्चालन गरको भन्दै हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको बुद्धचौक क्षेत्र, सिमाचौक, राप्तिरोडमा रहेको फुटपाथको पसल हटाउने काम सुरु गर्दा तनाव सृजना भएको छ ।
उपहाननगरपालिकाले हेटौँडाको बुद्ध चौक क्षेत्रमा सडक पेटीमा राखिएको ब्यवसाय हटाउदा उपमहानगरपालिकाको सवारीमा तरकारी प्रहार भएको छ । भने अहिले बुद्धचौक क्षेत्र तनावग्रस्त बनेको छ ।
घटनामा उपमहानगरपालिकाले करिब दुई वटा गाडीमा समान समेत बरामद गरेको छ । अहिले ब्यवसायीहरुले मेन रोड जाम गरेर नाराबाजी गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।