हेटौँडा,२० कार्तिक,चाडपर्वको समयमा वजारमा देखिएको अत्याधिक मुल्यबृद्धि तथा अस्तब्यस्त बजारप्रति लक्षित गर्दै आजबाट हेटौँडामा बजार अनुगमन सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिका बजार अनुगमन समितिले गरेको अनुगमनको क्रममा हेटौँडा ४ स्कुलरोडमा रहेको अञ्जनी किराना स्टोर्समा विना विल कारोबार भएको भेटेपछि पसलमा ताला लगाएको छ ।

विना विल उपभोक्तालाई सामान बेचेको पाईएपछि ताला लगाईएको अनुगमनकी संयोजक तथा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले बताईन् । अनुगमन समितिले बजारमा भएको मुल्यबृद्धिको विषयमा समेत आज अनुगमन गरेको छ ।

समितिले भोलीबाट अनुगमन कार्यलाई अझ तिब्र ढंगबाट गर्ने भएको छ । भोलीबाट हेटौँडामा फुटफाथमा रहेको बजारलाई हटाई उपभोक्तालाई ठगी हुनबाट रोक्नको लागि काम सुरु गर्ने समेत उपमहानगरपालिकाले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।