राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रियाका लागि वार्ता सुरु भएको छ । पार्टी एकताका लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार वार्ता भएको हो ।

देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूका बीचमा एकता गर्ने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

सहकार्य गर्ने नीतिअनुसार दुई पार्टीका अध्यक्षबीच वार्ता भएको श्रेष्ठले बताए । दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको बताउँदै श्रेष्ठले एकता प्रक्रियालाई टुंगोमा पु‍र्‍याउन वार्ता जारी रहने बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।