रौतहट,नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरु जनतामा भ्रम फैलाएर कम्युनिष्ट लाई बदनाम गराउन खोजेको आरोप लगाएका छन । रौतहटको कटहरिया नगरपालिका अन्तरगत सोमवार भसेढवा स्थित दिपावली छठको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले उक्त टिप्पनी गरेका हुन ।

नेपाली जनताले बिश्वास गरेर कम्युनिष्ट लाई दुईतिहाई बहुमत दिएर टिकाउ सरकार बनाएको अवस्थामा कांग्रेसीहरु बिभिन्न जालझेल गरेर सरकार लाई बदनाम गराउन खोजीरहेको पुर्वमन्त्री साहले टिप्पनी गरे । उधोगी बाट किशानको उँखुको रकम तिराउन सरकारले गरेको ठोस पहल,गलत कामगर्ने ठेकदारलाई सुरुगरेको कार्यवाही प्रकृया लाई केही कांग्रेसी नेताले अधिनायकबाद ल्याउन खाजेको झुठा भ्रम फैलाईरहेको सांसद साहले प्रस्टयाएका छन ।

दुईतिहाईको सरकारको काम कर्तब्य देखेर कौग्रेसका नेताहरु हतोत्साह भएको भन्दै उहाँले जनतालाई फुटाएर विकासको बाधक बनीरहेको खुलासा गरेका छन । प्रदेश २ विकासको अनेक सम्भावना बाट अगाडी रहेको बताउदै बर्तमान सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा लाई अगामी ५ बर्ष भित्र पुरागर्ने बताए ।

रौतहट स्थित धार्मिक स्थल शिवनगर महादेव स्थान,बारा स्थित एतिहाँसीक सिमा्रनगढलाई पर्यटकिय स्थल घोषणा गराउन आफु र सरकार लागी रहेको सांसद साहले जानकारी गराए । आर्धादर्जन अध्यक्ष रहेका पार्टी राष्ट्यि जनता पार्टीका नेताहरु मर्यादाक्रमकै लडाईमा लागी रहेको समय प्रदेशको विकास असम्भव रहेको उनले टिप्प्नी गरे । प्रदेश सरकार गठन भएको मुख्यमन्त्री तथा मन्त्री बनेको एकबर्ष बित्न लाग्दा उनीहरुले प्रदेशमा के के विकास गरे जनताले प्रश्न गर्नु पर्ने बताए ।

प्रदेशमा केन्द्र बाट आएको करोडौं रुपैया मुख मन्त्री लगायत मन्त्रीहरु आफैमा भागबण्डा गरेको र कुनै काम नगरी केन्द्र सरकारको दोष लगाउने गरेको उनले बताए । कार्यक्रममा सांसद साहका साथै अर्का सांसद समिना हुसैन,बिधायक द्धय कुन्दन कुश्वाहा, नागेन्द्र यादव,नेकपाका नेताहरुको सहभागिता रहेको थियो ।

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता