नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक तीन साता पछि सार्ने निर्णय गरेको छ ।मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमितिको बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तय गरिएको महासमिति बैठकलाई मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले पार्टीको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय पनि गरेको बताइएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।