हेटौँडा,हेटौँडा ३ लेवटमा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पूँजी २९ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको छ।शनिबार भएको संस्थाको चौथो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शिवराम बर्तौलाले २ सय ६३ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी २५ लाख ३८ हजारबाट वृद्धि गरी २९ लाख ६२ हजार ५ सय रुपैयाँ पु¥याएको जानकारी दिए ।

यसैगरी संस्थाका कोषाध्यक्ष दिपक बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुल कर्जा लगानी ८८ लाख ३५ हजार ५ सय ९७ रुपैयाँ र कुल बचत ९५ लाख ३२ हजार ८ सय ६३ रुपैयाँ रहेको बताए ।

संस्थाका अध्यक्ष शिवराम बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख लामाले नगरमा रहेका सहकारीको आर्थिक उत्पादन वृद्धि गर्नको लागि उपमहानगरपालिकाले बजेट विनियोजित गरेको बताइन् ।

कार्यक्रमा एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्रछात्रातर्फ मनिष बर्तौला, निकिता बर्तौला र प्रितिविकलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरेको थियो । यसैगरी असल ऋणीमा आइतसिं भ्लोन, सुदर्शन ढकाल र सुनिता तितुङ, बचतकर्तामा मिनराज तामाङ र होमकुमार पुडासैनी, जेष्ठ सदस्यमा एकमाया पाठकलाई सम्मान गरेको थियो भने सामाजिक क्षेत्रमा योगदान गरेबापत वर्षव्यक्तिबाट हरिवंश भेट्वाललाई दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका ३ नम्वर वडाका अध्यक्ष रामकुमार पुडासैनी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरमा सहसचिव मिना चौरेल, लेवर्ट सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन बर्तौला, निर्मल बहुमुखी क्याम्पस प्रमुख सुवासचन्द्र कडेँल, मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिवंश भेटवाल, सल्लाहकार गोविन्दप्रसाद बतौला लगायतको आतिथ्यता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।