बलिउडका बादशाहका रुपमा परिचित शाहरुख खान अभिनित चलचित्र ‘जेरो’ को ट्रेलर सार्वजनिक भएको छ। आफ्नो ५३ औँ जन्मदिनको अवसरमा उनले चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन्। उनले गएको जन्मदिनमा नै नयाँ प्रोजेक्ट ल्याउने बताएका थिए।

सन् २०१८ को जनवरी १ मा आफ्नो महोत्वकांक्षी परियोजना जेरो घोषणा गरेका थिए। प्रोजेक्टको नाम जेरो राखिनुभन्दा अगाडि धेरै परीक्षण गरिएको थियो। उनले जेरोको टिजर पनि सार्वजनिक गरेका थिए ताकी दर्शकलाई पक्का होस् उनी कम उचाई भएका व्यक्तिको पात्रमा देखिँदैछन्।

उनले ट्वीटरमा ट्रेलर सार्वजनिक भएको जानकारी दिँदै लेखेका छन्, ‘टिकट लिएर मानिसहरु बसिहेका छन्, मेरो जिन्दगीको तमाशा पनि पूरा हुनु पर्छ।’

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।